समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ वजेट प्रस्तुत गरेको छ।
बिहीबार दुर्छिम कोटगैरास्थित होलेसुङ रिसोर्टमा भएको एघारौं नगरसभामा नगर उपप्रमुख रमेशकुमार राउतले वजेट प्रस्तुत गर्नुभएको हो।
२०७९/०८० का लागि नगरपालिकालाई नेपाल सरकारको सशर्त अनुदान ३४ करोड २३ लाख, संघीय सरकार समानीकरण अनुदान ११ करोड ९३ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ३० लाख, प्रदेश नं. १ सरकार सशर्त अनुदान १८ लाख ३७ हजार, समानीकरण अनुदान ६४ लाख ८ हजार वजेट प्राप्त भएको छ।
संघीय सरकारवाट प्राप्त हुने राजश्व बाँडफाडबाट ११ करोड ४९ लाख ९८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाडबाट १ करोड ५४ लाख ८४ हजार ४५० र प्रदेश समपुरकमा १ करोड वजेट आएको छ।
कूल वजेट मध्येमा २५ प्रतिशत प्रशासनिक खर्च, पूर्वाधार विकास समितिमा ३७.१ प्रतिशत, सामाजिक विकासमा २१.७७ प्रतिशत, आर्थिक विकास समितिमा ९.९० प्रतिशत, वन, वातावरण विपद, फोहोर मैल व्यवस्थापनमा १.१७ र सार्वजनिक सेवा तथा सुशासनका लागि ४.८ प्रतिशत वजेट छुट्याईएको नगरसभामा जानकारी दिईएको छ। यस्तै, नगरपालिकाको वार्षिक आन्तरिक आम्दानी ६५ लाख रहेको नगर उपप्रमुख राउतले जानकारी दिए।
नगरप्रमुख विमला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख राउतले वजेट प्रस्तुत गरेका हुन्। नगरवासीको उन्नती र प्रगती हुने किसिममा वार्षिक नीति तथा कार्यक्रम ल्याईएको नगरप्रमुख राईले बताईन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology