• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१७४ जना ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच

१७४ जना ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच


समायोजन खबर
  • बिहिबार, असार ९ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङमा निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन भएपछि ज्येष्ठ नागरिकहरु लाभान्वित भएका छन्। बुढेशकालमा शुल्क तिरेर आँखा जाँच तथा चश्मा लिंदै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरेर नेत्र ज्योति संघ दिक्तेलले शिविर आयोजना गरेपछि उनीहरु लाभान्वित भएका हुन्।

    वर्षौदेखि आँखामा समस्या झेल्दै आएका ज्येष्ठ नागरिकहरुले बिहीबार आँखा उपचार केन्द्र दिक्तेलमा पुगेर धक फुकाएर आँखा जाँच गराई छानीछानी पावरवाला चश्मा लगेका छन्। मोतियाविन्दु भए/नभएको पहिचान गराएका छन्।

    शिविरबाट १७४ जना ज्येष्ठ नागरिकले आँखा जाँच गराएका छन्। १७१ जनाले पावरवाला चश्मा लैजाँदा ४५ जनाको आँखामा मोतियाविन्दुको भएको पहिचान भएको छ । ४ जनाले निःशुल्क औषधि लगेका छन् । मोतियाविन्दु भएकाहरुलाई भने तत्काल अपरेशन गर्न सुझाव दिईएको छ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघको समन्वयमा भएको १ दिने शिविरमा ज्येष्ठ नागरिकहरुको आँखामा भएको विभिन्न किसिमका समस्या तथा मोतियाविन्दु भए/नभएको पहिचान गरिएको नेत्र ज्योति संघ खोटाङका सभापति ईन्द्र कसजु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार उहाँहरुलाई आँखाका रोग र आँखा सुरक्षा सम्बन्धि आवश्यक सल्लाह र परामर्श दिईएको छ।
    उमेरसँगै बिस्तारै आँखाको ज्योति गुमाउँदै गएका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच तथा चश्मा वितरण गरेको नेत्र ज्योति संघले आगामी दिनमा जिल्ला कारागारका कैदीबन्दी र सवारी चालक तथा सह–चालकको आँखा जाँच गरेर पावरवाला चश्मा वितरण गर्ने लक्ष्य राखेको छ।

    वर्षैपिच्छे आँखा शिविरको आयोजान गरिए पनि ज्येष्ठ नागरिकका लागि शिविर पर्याप्त नभईरहेको महशुष भएको आँखा उपचार केन्द्र प्रमुख हरिहर श्रेष्ठले बताए । १७४ जनाको आँखा जाँच गर्दा मात्रै ४५ जनाको मोतियाविन्दुको अपरेशन गर्नुपर्ने देखिएको श्रेष्ठले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology