• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाले विज्ञ र बुद्धिजीवीबाट राय सुझाव लियो

साकेला गाउँपालिकाले विज्ञ र बुद्धिजीवीबाट राय सुझाव लियो


समायोजन खबर
  • मंगलबार, असार ७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले विज्ञ र बुद्धिजीवी वर्गहरुसँग पालिका स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ।

    आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र वजेट ल्याउन अघि सोमबार गोष्ठीको आयोजना गरी गाउँपालिका भित्रका विज्ञ र बुद्धिजीवी वर्गहरुवाट राय सुझाव लिएको हो।

    गाउँपालिका अध्यक्ष रविप्रकाश राईको सभापतित्वमा भएको पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, प्रदेश नं. १ का खानेपानी सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई, पूर्व सांसद कुलप्रसाद फुयल, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, महालेखा परीक्षक टंकमणि शर्मा, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई, वर्तमान गाउँपालिका उपाध्यक्ष विर्सिका राई, उप–सचिव कृष्ण कट्वाल, पूर्व जिविस उपसभापति वावुराम राई, निवर्तमान गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष सरिता खड्काले नीति तथा कार्यक्रम र वजेट निर्माणका लागि सुझाव दिएका छन्।

    यस्तै, कृषि विज्ञ मदन राई, पूर्व सह–सचिव एवंम् मत्स्य विशेषज्ञ आशकुमार राई, पूर्व उप–सचिव चन्द्रकुमार राई, राष्ट्रिय अनुसन्धानका पूर्व डिआईजी वसन्त राई, गाउँपालिका भित्रका राजनैतिक दलका प्रदेश तथा जिल्ला स्तरीय नेता, ५ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, साकेला वहुमुखी क्याम्पस, साकेला मावि, राधाकृष्ण मावि, सिध्देश्वरी मावि, वालवालिका मावि, सरस्वती मावि, ५ वडाका निवर्तमान अध्यक्ष, उधोग वाणिज्य संघका प्रमुख चन्द्र वहादुर कट्वाल र साकेला क्लवका प्रमुख कविकुमार राईले पनि नीति तथा कार्यक्रम र वजेट निर्माणका लागि सुझाव दिएका छन्।

    ‘साकेलाको विकास र संमृद्धि अबको पालो, विज्ञ र बुद्धिजीवी वर्गहरु सँगको हातेमालो’ नाराका साथमा गरिएको पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा सहभागी विज्ञहरुले दिएको उत्कृष्ट सुझावहरु नै गाउँपालिकाको मार्गचित्र भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
    गाउँपालिका सरकार आफ्नै मात्र स्वविवेकले चल्दै गर्दा एउटाको विवेक र थुपै विज्ञहरुको विवेक त अकास र जमिनको फरक हुन्छ नै गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसैले साकेला गाउँपालिकाको नागरिक तहदेखि विज्ञहरुको तहसम्म समन्वय गरी सुझाव, सल्लाह लिएर आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बनाउन लागेका छौ।’

    वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुअघि गाउँपालिका भित्रका तर, काम र कार्य व्यस्तताले गाउँपालिका वाहिर बसोबास गरिरहेका विज्ञ, बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, सरोकारवालालाई भेला गरेर राय सुझाव संकलन गर्ने यो गाउँपालिका पहिलो हो। उहाँहरु सवै साकेला गाउँपालिका भित्र रहेका सम्पत्ती हुनुहुन्छ। हामीले सवैलाई जर्गेना गर्नुपर्छ। र, तिनै सम्पत्तीबाट साकेलाको संमृद्धिको लक्ष्य पूरा गर्नुपर्छ भन्ने उद्देश्यले उहाँहरुबाट हामीले राय सुझाव संकलन गरेका हौ। अध्यक्ष राईले भने।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology