समायोजन खबर, मङ्कीपसको आशंका गरिएको २६ वर्षीय पुरुषमा कुष्ठरोग पुष्टि भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुपोषणको जिवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए।
स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मङ्कीपसका बिरामी भेटिएका छन्। नेपालमा आजसम्म कसैलाई पनि मङ्कीपस पुष्टि भएको छैन। मङ्कीपस फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology