समायोजन खबर खोटाङ, खोटाङमा ग्रामिण सडकका यातायात सेवाहरु बन्द भएको छ। अविरल वर्षाका कारण विभिन्न सडक विग्रन गई यातायातका सवारी साधनहरु आवतजावत गर्न नसक्ने भएपछि भाडाका बस तथा जिप सेवाहरु अनिश्चितकालका लागि बन्द भएको हो।
वर्षायाम सुरु भएसँगै काठमाण्डौ–लामिडाँडा–खार्पा–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौचुर–फेदी–माक्पा–ऐसेलुखर्कको रुटमा यातायात सेवा बन्द भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए।
यस्तै, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी बालाबेंशी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिम–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी रुटमा पनि यातायात सेवा बन्द भएको छ।
अब जिल्लाबाट लामो दुरीका यातायात सेवा मात्रै सञ्चालन हुनेछ। दिक्तेल–काठमाण्डौ र दिक्तेल–बिराटनगर–काँकडभित्ता मात्रै यातायात सेवा सञ्चालन हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology