समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भईरहेको श्रृंखलावद्ध मुल्यबृद्धि तत्काल रोक्न सरकार समक्ष माग गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमाफर्त प्रधानमन्त्रीलाई १९ बुदे ज्ञापन पत्र पठाउँदै इन्धन र ग्यासमा भईरहेको मुल्यबृद्धि तत्काल रोक्न माग गरेको हो।
राप्रपाले महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गर्न, तत्काल किसानलाई मल र विउ उपलब्ध गराउन, २०७४ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न, राज्यकोषवाट संचालित सवै निकाय र मन्त्री परिषदवाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य क्षेत्रमा समावेश गर्न, इम्वोस्ड नम्बर प्लेटसँग भाषाको कुरा, सुरक्षा, लागत, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकोले खारेज गर्न र गर्नैपर्ने भए देवनागरी लिपिमा नम्बर प्लेट राख्ने व्यवस्था मिलाउन भनेको छ।
नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न, संघीयताको प्रादेशिक तह खारेज गर्न, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गर्न, वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यन्वयन गर्न र भूमीहिन तथा घरवार विहिन सुकुम्वासी समस्याको स्थायी समाधान गर्न राप्रपाको माग छ।
देशभरी रहेका ऐतिहासिक व्यक्तिहरुका भत्काइएका शालिकहरुको पुननिर्माण तथा संरक्षण गर्न, पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा वढुवा गर्ने कार्य अन्त गर्न, कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न, महिला, वालवालिका तथा दलित समुदाय विरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चाल्न सरकासमक्ष माग गरिएको राप्रपाका जिल्ला अध्यक्ष ललित कुमार राईले बताए।
स्थानीय तहमा लगाइएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारवाट लगाईएका दोहोरो कर तत्काल खारेज गर्न, आगामी निर्वाचनवाट विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन र वातावरणीय प्रभावलाई न्युनिकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र निर्माण गर्न राप्रपाले भनेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology