समायोजन खबर खोटाङ, जिल्ला समन्वय समिति खोटाङको प्रमुख, उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा भएको निर्वाचनबाट जिसस प्रमुखमा गठबन्धनको जसपाका सनबहादुर राई र उपप्रमुखमा गठबन्धनको माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका हुन्।
निर्वाचित प्रमुख राई र उपप्रमुख तामाङले १६/१६ मत पाएका थिए। एमालेबाट जिसस प्रमुखका उम्मेदवार किशोर कुमार श्रेष्ठ र सन्तोष राईले ४/४ मत पाएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिईन्। जिससको निर्वाचनमा २० जना मतदाता थिए।
खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा सोझै विजयी भएका छन्। एमालेले जिसस सदस्यमा मनोनयन दर्ता गराएको थिएन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology