समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा दिक्तेलबजार सरसफाई अभियान सुरु भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नगरपालिकाको केन्द्र दिक्तेलबजारलाई स्वच्छ र सुन्दर बनाउन सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो।
शनिबार बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुंदै पूरानो वेसक्यामसम्म सरसफाई गरिएको छ । अब प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसफाई गरिने लफ्याङका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो।
घिमिरेका अनुसार दिक्तेलबजार सफाई सकेपछि नगर कार्यपालिकाको अर्को बैठक बसेर वडाहरुको बजारक्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिनेछ।
सरसफाई अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई,उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नुनथलाका वडाध्यक्ष भगेश्वर राई लगायत दिक्तेलबजारका सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारीहरु सहभागी थिए।
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसरफाई गर्ने निर्णय गरे बमोजिम सरसफाई अभियान सञ्चालन गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology