समायोजन खबर खोटाङ, मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राप्रपाका निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दुर्घट्नामा परी गम्भीर घाईते भएका श्रेष्ठको आईतबार बिहान काठमाण्डौको बाँसवारीस्थित न्युरो अस्पताल मृत्यु भएको हो।
शुक्रबार दिउँसो साढे १ वजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको शपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाईते भएका थिए।
दुर्घट्ना लगत्तै उनलाई हेलिकोप्टरमार्फत थप उपचारमा काठमाण्डौ लगिएको थियो। श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उठेका थिए। उनले मेयरमा ४०५ मत पाएका थिए । उनी हाँकाहाँकी बोल्ने र भ्रष्टाचार विरोधी नेताका रुपमा चिनिन्छन्।
श्रेष्ठ करीव १५ वर्ष राप्रपाको जिल्ला अध्यक्ष भएका थिए। उनलाई हाँकाहाँकी बोल्ने नेताको रुपमा चिन्ने गरिन्थ्यो। श्रेष्ठसँगै सोही मोटरसाइकलमा सवार लफ्याङका ४८ वर्षीया विष्णुकुमारी राई पनि मध्यम घाईते भएका छन्। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घट्नामा घाइते विष्णुमाया र अभिषेक आमाछोरा हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology