समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्वमा त्रि–धार्मिकस्थल हलेसीसहित मुख्य बजारक्षेत्रको सरसफाई अभियान सुरु भएको छ। बिहीबार महादेवस्थानमा पर्ने ग्यारेज टोल, ट्राफिक चोक, सालपा चोक, रिठ्ठाबोटे र मन्दिर प्राङगण सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो।
आज बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरिएको थियो। कार्यालयगत कामकाज हुने भएकाले अबदेखि प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई अभियान सञ्चालन गर्ने तयारी गरिएको महादेवस्थानका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए।
सरसफाई अभियानमा नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कराज राई, हलेसी विकास समितिका निर्देशक सम्मर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु, हलेसी होटल व्यवसायीका संघका पदाधिकारी, नागरिक समाज, टोल विकास समिति लगायत सहभागि भएका थिए।
फोहोर नसकिएसम्म सरसफाई अभियान जारी रहने नगरप्रमुख राईले बताउनुभयो। हलेसीसँगै नगरपालिकाको मुख्य बजारक्षेत्र जयरामघाट, कदुवा, च्यास्मिटार, बोझे, दुर्छिम, अर्खौले, विजुलेमा पनि सरसफाई अभियान सञ्चालन हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology