• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेयर भट्टराईले गरे जिल्ला कारागारको अवलोकन

मेयर भट्टराईले गरे जिल्ला कारागारको अवलोकन


समायोजन खबर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले जिल्ला कारागारको अवलोकन गरेको छ। नवनिर्वाचित नगरप्रमुख तीर्थराज भट्टराईले प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेसहित बिहीबार कारागारको अवलोकन गरेका हुन्।

    कारागारभित्रका भौतिक स्थिति, कैदीबन्दीको स्वास्थ्य स्थिति लगायतको अवलोकनमा पुगेका नगरप्रमुख भट्टराईले कैदीबन्दीको स्वास्थ्य समस्या, खानेपानी, भान्साघर, सुत्ने कोठा, शौचालय, पुस्तकालयको अवलोकन गरेका छन्।

    अवलोकनपछि आयोजना गरिएको कार्यक्रममा कारागारभित्र मन्दिर, खानेपानीका लागि पाइप र हिलट्याङ्की, खेलकुद सामाग्री, जस्तापाता र पुस्तकालयका लागि विभिन्न प्रकारका अध्ययनशिल पुस्तक आवश्यक रहेको कैदीबन्दी तथा कारागारको माग थियो।

    मन्दिर निर्माण र पानी चुहिने ठाउँमा लगाउने जस्तापाताका लागि नयाँ आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने, पाइप र हिलट्याङ्की हप्तादिनभित्र उपलब्ध गराउने, खेलकुद सामग्रीका लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग सहकार्य गर्ने र पुस्तकहरु उपलब्ध गराउँदै जाने नगरप्रमुख भट्टराईले बताए। कारागारको महिला ब्लगका अधिकांश भवनहरु चिराचिरा भएकोमा भने नगरकोतर्फबाट कारागार व्यवस्थापन विभागमा पत्राचार गरिने उनको भनाई छ।

    ६६ जना पुरुष र ३३ जना महिला गरी ९९ जना अटाउने क्षमता भएको जिल्ला कारागारमा १३१ जना कैदीबन्दी छन्। जसमा एक नाबालिकासहित ६ जना महिला र १२५ जना पुरुष कैदीबन्दी रहेको छ। कैदीबन्दीका लागि नियमित तथा अन्य औषधि अभाव भएमा नगरपालिकाको सहयोग रहने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।यसअघि प्रकाशित समाचारमा अवलोकन हुनुपर्नेमा अनुगमन भएकाले क्षमाप्रार्थी छौ । सम्पादक ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology