• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई बुझाइने

तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई बुझाइने


समायोजन खबर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • समायोजन खबर, तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको बुधबार पोस्टमार्टम गर्ने काम सकिएको थियो । आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौताले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विहान १० बजेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने छ। दुर्घटनामा चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो।

    शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology