• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन हुने

खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन हुने


समायोजन खबर
  • मंगलबार, जेष्ठ १७ २०७९

  • बालबालिकालाई मोडर्ना खोप दिईदै।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन हुने भएको छ। दुई नगरपालिका र चार गाउँपालिकामा फरक फरक समयमा बुस्टर डोज खोप कार्यक्रम सञ्चान हुने भएको हो।

    जिल्ला स्तरीय कोभिड–१९ खोप समन्वय समितिको सोमबार बसेको बैठकले यहि जेठ २३, २४ र २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा मोडर्नाको बुस्टर डोज खोप सञ्चालन गर्ने निर्णय गरेको छ।

    बैठकले १२ वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई पहिलो खोपको मात्रा छुट भएकालाई पहिलो, दोश्रो मात्रा छुट भएकालाई दोश्रो र दोश्रो मात्रा पूरा भएकालाई मोडर्नाको बुस्टर डोज खोप प्रदान गरिने निर्णय गरेको स्वास्थ्य कार्यालय दिक्तेलका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिए।

    यसैगरी १८ वर्ष उमेर माथिका नागरिकलाई कोभिशिल्ड र भेरोसेल खोपको बुस्टर डोज दिइने जनाईएको छ। यहि जेठ २९ र ३० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकामा बुस्टर डोज खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए।

    सबै पालिकामा कोभिशिल्ड र भेरोसेल खोपको पहिलो मात्रा छुट भएकालाई पहिलो, दोश्रो मात्रा छुट भएकालाई दोश्रो र दोश्रो मात्रा पूरा भएकालाई बुस्टर डोज खोप प्रदान गरिनेछ। बाँकी गाउँपालिकाहरुमा खोप उपलब्धताका आधारमा क्रमशः खोप प्रदान गरिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology