समायोजन खबर, सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ। आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन रहनुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ।
यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो।
हिजो आइतवार पोखराबाट जोमसोमका लागि छुटेको तारा एअरको ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा विमानमा रहेका सबै २२ जनाको ज्यान गएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology