• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीतेकरेला, खानैपर्ने कारण यि हुन्

तीतेकरेला, खानैपर्ने कारण यि हुन्


समायोजन खबर
  • शनिबार, जेष्ठ १४ २०७९

  • समायोजन खबर, हाम्रा वरिपरि रहेका हरेक खाने चिजहरू कुनै न कुनै रूपमा औषधियुक्त हुन्छन् । त्यसलाई हामी कसरी ग्रहण गर्छौं भन्ने कुरा हो । आउनुहोस् यहाँ चर्चा गरौँ तीतेकरेलाका बारेमा  । नाम नै तीतेकरेला नामअनुसार यसको स्वाद तीतो नै हुन्छ । तर, यो गुणहरूले भरिएको तरकारीमा पर्छ ।

    वैज्ञानिक वर्गीकरणअनुसार, फूल फुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्छ यो । ‘मोमोरडिका चरनिटा’ वैज्ञानिक नामबाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटरमेलन वा बिटरगोर्ड भन्ने गरिन्छ ।

    हरियो र सेतो देखिने यो खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी मानिन्छ । यो लहरामा फल्ने फल हो । यसमा रहेको ‘मोमोरडिका’ नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुने गर्दछ ।

    आयुर्वेदिक चिकित्सामा तीतेकरेलालाई विभिन्न औषधिमा उपयोग गर्ने गरिन्छ । उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोगका साथै विभिन्न रोग निदानका लागि समेत यसको प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा यसले पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ ।

    पत्थरीको रोग, पक्षाघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पु¥याउँछ । रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । यसमा फस्फोरस, क्याल्सियम, प्रोटिन कार्बोहाड्रेट, रेशा र अन्य खनिज पदार्थ पाइने गर्दछ ।

    १०० ग्राम तीतेकरेलामा भिटामिन ‘ए’ २१० मिलिग्राम, भिटामिन ‘बी’ ०.०७ मिलिग्राम रहेको हुन्छ । यसका अन्य गुणमा यसले कब्जियत, अरूचि हटाउने एवं पाचन र मल निष्काशनलाई नियमित गर्दछ । त्यस्तै, दाद खुजुली निस्किएको ठाउँमा करेलाको रस लगाइदिएमा धेरै राम्रो हुने गर्दछ । करेला स्वादमा तीतो भए पनि यो गुणैगुणले भरिएको तरकारी हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology