समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिका–२ खार्पामा चट्याङका कारण मतान घरमा आगलागी भएको छ। खार्पाका धर्मशिला पोखरेलको ढुंगा माटोले बनेको दुईतले मतान घरमा आगलागी भएको हो।
पोखरेलको मतान घरमा आईतबार बिहान १० बजे चट्याङ पर्दा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुंदा १ लाख बराबरको क्षति भएको छ। आगो दुई घण्टापछि प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको छ।
आगलागीबाट मानिस र चौपायामा क्षति पुगेको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology