• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङले पायो पहिलो महिला मेयर

खोटाङले पायो पहिलो महिला मेयर


समायोजन खबर
  • शनिबार, जेष्ठ ७ २०७९

  • नवनिर्वाचित पहिलो महिला मेयर बिमला राई

    समायोजन खबर खोटाङ,खोटाङले पहिलो महिला मेयर पाएको छ। नेपाली कांग्रेसबाट हलेसी तुवाचुङ नगरपालिकामा बिमला राई निर्वाचित भएसँगै जिल्लाले पहिलो महिला मेयर पाएको हो।

    मेयरमा निर्वाचित राई सोही नगरपालिकाको निवर्तमान उपमेयर हुनुहुन्थ्यो। उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी एमालेका खडेन्द्र साम्पाङलाई ३५१ मतले हराउँदै मेयर जित्नुभएको हो। राईले कूल मत ६ हजार ३१७ पाउँदा साम्पाङले ५ हजार ९६६ मत पाउनुभएको थियो।

    त्यस नगरपालिकामा एमाले र माओवादीले गठबन्धन गरेर राईलाई हराउने योजना बनाएका थिए। तर, दुई पार्टीका एक्ला उम्मेदवार साम्पाङलाई हराउन बिमला एक्लै काफी भइन्। ४१ वर्षीया राई कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा प्रदेश सदस्य हुनुहुन्छ।

    सीएमए सकेर ग्रामिण विकासमा मास्टर्स गरेर एलएलबीको अन्तिम नतिजा पर्खिरहेका उनी राजनीतिक शास्त्रमा दोश्रो वर्षमा अध्ययरनत छिन्। बिगत पाँच वर्षमा गर्न नसकेका पूर्वाधारका कामहरुलाई पूर्णता दिने पहिलो दायित्व रहने निर्वाचित मेयर राईले बताउनुभयो।

    ५ वर्षमा कृषि र पर्यटनलाई सँगै राखेर पर्यटन प्रवद्र्धन गर्ने र कृषि उत्पादन गरेर अर्थतन्त्रलाई चलयमान बनाउने कुरामा जोड हुनेछ। बाँकी १० वडा र नगरपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ। अन्तरपालिका जोड्ने सडकको स्तरोन्नती गरिनेछ । राईले भन्नुभयो, ‘कृषि र भेटेनरीसँग सम्बन्धित प्राविधिक शिक्षालय स्थापना गरिनेछ, वञ्चितिकरणमा पारिएका परेका महिला, दलित, सिमान्तकृत समुदायको जीविकोपार्जनसँग जोडिएका योजना निर्माण गर्नुपर्ने पहिलो दायित्व छ। नगरपालिकाको आँखाबाट कोही पनि वञ्चित नहुने योजना निर्माण हुनेछ।’
    जन्तेढुंगा गाउँपालिकामा महिला नेतृत्व
    यहाँको जन्तेढुंगा गाउँपालिकाले महिला नेतृत्व पाएको छ। नेकपा माओवादी केन्द्रका अरुणादेबी राई निर्वाचित भएसँगै महिला नेतृत्व पाएको हो। अरुणादेबी निकटतम प्रतिद्धन्द्धी शंखर बहादुर राईलाई ३०६ मतले हराउँदै विजयी हुनुभएको हो।नवनिर्वाचित पहिलो महिला गाउँपालिका अध्यक्ष अरुणादेबी राई

    गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेबीले २ हजार ८८१ मत पाउँदा निवर्तमान गाउँपालिका अध्यक्षका प्रत्यासी शंखर बहादुरले २ हजार ५७५ मत पाएका थिए। अरुणादेबी २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि पालिका अध्यक्षमा उठेर पराजित हुनुभएको थियो। तर, यो पटक गठबन्धनका कारण उनी निर्वाचित भएका हुन्।
    उहाँ नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ। ५१ वर्षीया राईले तत्कालिन प्रवेशिका परीक्षा(एसएलसी) उर्तिर्ण गरेका छन्। उनी पूर्व लडाकु हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology