• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जो वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा अपग्रेड भए

जो वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा अपग्रेड भए


समायोजन खबर
  • मंगलबार, जेष्ठ ३ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्र राई निर्वाचित भएका छन्।

    निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले हराउँदै निर्वाचित भएका लोकेन्द्रले कूल २८०३ मत पाउँदा पराजित नइन्द्रले २१६२ मत पाएका थिए।

    निर्वाचित लोकेन्द्र २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट सोही गाउँपालिका–३ बतासेको वडाध्यक्षमा निर्वाचित भएका थिए।
    पार्टीप्रतिको वफादारिताका कारण यसपटक पार्टीले उनलाई गाउँपालिका अध्यक्षको टिकट दिएको थियो। उनले त्यो मौकालाई जितमा परिणत गरेका छन्। उनी पार्टीको सचिवालय सदस्य हुन्।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा वडाध्यक्षबाट अपग्रेड भएर नेपाली कांग्रेसका राजेश राजभण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनी २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology