समायोजन खबर खोटाङ, खोटाङको दुई नगरपालिका बाहेक ८ गाउँपालिकाको मतगणना सकिएको छ।
सम्पन्न मतगणना अनुसार जन्तेढुंगा गाउँपालिका अध्यक्षमा गठबन्धनको नेकपा माओवादी केन्द्रकी अरुणादेबी राई र उपाध्यक्षमा गठबन्धनको कांग्रेसका खेम खड्का विजयी भएका छन्। जन्तेढुंगाको जम्मा ६ वडा मध्येमा गठबन्धनले ५ वडा जितेको छ भने एमालेले १ वडा जितेको छ।
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई निर्वाचित भएका छन्। उपाध्यक्षमा गठबन्धनको नेपाली कांग्रेसका राजेश राजभण्डारी निर्वाचित भएका छन्। ७ वडा रहेको ऐसेलुखर्कमा ४ वडा गठबन्धनले जित्दा ३ वडा एमालेले जितेको छ।
केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एस र जसपाका साझा उम्मेदवार(जसपाका) गुरुराज राई विजयी भएका छन्। केपिलासगढीमा सातै वडामा गठबन्धनले जितेको छ। एमाले शुन्य भएको छ।
बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट शालिकराम बञ्जारा निर्वाचित भएका छन्। गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भुवलराज राई विजयी भएका छन्। त्यहाँ ४ वडामा गठबन्धनले जित निकालेको छ भने २ वडामा एमालेले जितेको छ।
साकेला गाउँपालिकामा नेपाली कांग्रेसका रविप्रकास राई विजयी भएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका विर्सिका राई विजयी भएका छन्। साकेलामा ४ वडामा गठबन्धनले जित्दा १ वडामा एमालेले जित निकालेको छ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा एमालेका अरुणा थापा मगर निर्वाचित भएका छन्। दिप्रुङमा ३ वडा कांग्रेसले जित्दा एमालेले ४ वडा जितेको छ।
रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेका कौशिला गुरुङ विजयी भएका छन्। ५ वडामा कांग्रेस र १ वडामा एमालेले जितेको छ।
खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन्। त्यहाँ ६ वडा गठबन्धनले जित्दा एमालेले २ वडा जितेको छ भने स्वतन्त्रले १ वडा जितेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भने मतगणना भईरहेको छ। भोली साँझसम्म अन्तिम मत परिणम आउने अनुमान गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology