समायोजन खबर खोटाङ, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा पनि एमाले पराजित भएको छ। यसअघि जितेका जिल्लाका सबै पालिका गुमाएको एमालेले यो पालिका पनि रक्षा गर्न सकेन।
खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका छन्। अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भए।
उदिमले ३ हजार ७२८ मत ल्याएर विजयी हुँदा एमालेकी कविता राईले ३ हजार ६९० मत प्राप्त गरिन्।
कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन्। उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३ हजार ७३७ र पराजित एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याए।
जिल्लाका १० पालिकामध्ये एमाले र माओवादी २/२ तथा कांग्रेस ४ पालिकामा विजयी भएको छ। मतगणना भइरहेका दिक्तेल र हलेसी नगरपालिकामा कांग्रेसकै अग्रता छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology