समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका–२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन्।
२५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रतन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन्। उनले ३२५ मत पाएका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमती अनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन्।
उसो त उनी २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए। केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षको भूमीकाबाट बिदा भएका हुन्।
राई २०५४ सालमा एमालेबाट गाबिस अध्यक्ष निर्वाचित भएका थिए। गाबिसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाईल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो। तत्कालिन गाबिसलाई नमूना बनाउन पहल गरे वापत उनले तत्कालिन जिल्ला परिषदबाट उत्कृष्ट गाबिस अध्यक्षको रुपमा सम्मान पाएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology