समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा माओवादी केन्द्रका खगेन्द्र राई निर्वाचित भएका छन्।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राई ४७९ मत ल्याएर विजयी भएका हुन्।
खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी हुंदा अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ वजयी भएका छन्।
यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र केसीले २१६ र राप्रपाका नन्द बहादुर बस्नेतले १९५ मत पाएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology