Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी गाउँपालिकामा दोहोरिए सालिकराम बञ्जारा

बराहपोखरी गाउँपालिकामा दोहोरिए सालिकराम बञ्जारा


समायोजन खबर
  • सोमबार, जेष्ठ २ २०७९

  • सालिकराम बञ्जारा

    समायोजन खबर खोटाङ,
    खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः सालिकराम बञ्जारा दोहोरिएका छन्। २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जारा गत बैशाख ३० मा भएको निर्वाचनबाट ५ वर्षका लागि पुनः दोहोरिएका हुन्।

    गठबन्धन(नेपाली कांग्रेस)बाट विजयी भएका बञ्जाराले निकटतम प्रतिद्धन्द्धी एमालेका गोमा मगरलाई ४८७ मतान्तरले हराएका हुन्। बञ्जाराले ३१८१ मत पाउँदा मगरले २६९४ मत पाएकी थिईन्।

    मगर २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिईन्। उनलाई यो पटक पार्टीले एमालेमा उठाएका थिए।

    यस्तै, गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेदवार भुवलराज राई विजयी भएका छन्। भुवलराजले २३३० मत प्राप्त गर्दा एमालेका जीवन राईले २२९५ मत प्राप्त गरेका थिए।

    यसैगरी, वडातर्फ बराहपोखरीमा कांग्रेसबाट ढकबहादुर कार्की, सुन्तलेमा माओवादीबाट पदम मगर, साउनेचौरमा एमालेबाट ताराकान्त राई, फाक्टाङमा कांग्रेसबाट सन्तोष आचार्य, पौवासेरामा एमालेबाट फौदराज राई र मौवाबोटेमा माओवादीबाट दुर्गाबहादुर राई विजयी भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology