समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनका गाउँपालिका अध्यक्ष अरुणादेबी राईले निकटतम प्रतिद्धन्द्धी शंखर बहादुर राईलाई ३०६ मतले हराउँदै विजयी भएकी हुन्।
गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेबीले २८८१ मत पाएका छन्, भने शंखर बहादुरले २५७५ मत पाएका छन्।
यस्तै उपाध्यक्षमा गठबन्धनका खेम खड्काले २८१२ मत ल्याएर विजयी भएका छन्। खड्काका निकटतम प्रतिद्धन्द्धी विमला राईले २४९५ मत पाएका छन्।
पराजित शंखर बहादुर र बिमला २०७४ को स्थानीय तह सदस्य निर्वाचनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै, गठबन्धनको माओवादी केन्द्रबाट वडा नं. १ देबिस्थानमा केदारमान राई, वडा नं. २ बोपुङमा मस्त बहादुर राई, गठबन्धनको कांग्रेसबाट वडा नं. ३ काहुलेमा तारामान राई, वडा नं.५ चिसापानीमा धनबहादुर राई, वडा नं. ६ दिप्लुङमा सागर राई विजयी भएका छन् । वडा नं. ४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई निर्वाचित भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology