• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा गठबन्धनले लियो अग्रता, २१ मतले गठबन्धन अघि

दिक्तेलमा गठबन्धनले लियो अग्रता, २१ मतले गठबन्धन अघि


समायोजन खबर
  • शनिबार, बैशाख ३१ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार दलीय गठबन्धनले अग्रता लिएको छ।

    स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा गरिएको मतगणना अनुसार गठबन्धनबाट मेयरका उम्मेदवार तिर्थराज भट्टराई एमालेबाट मेयरका उम्मेदवार कुमार आचार्य भन्दा २१ मतान्तरले अघि देखिएको छ।

    वडा नं. १ दिक्तेलको १५४ मतगणना भइसक्दा भट्टराईलाई ८१ र आचार्यलाई ६० मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले जानकारी दिनुभयो । यस्तै राप्रपाबाट मेयरका उम्मेदवार जीवनकुमार श्रेष्ठले ३ मत प्राप्त गरेको छ।

    उपमेयरमा गठबन्धनका बिसन राईले ८०, एमालेका विणादेबी राईले ४६ र राप्रपाका चन्द्रकुमारी राई ताराले ७ मत प्राप्त गरेका छन्।

    यस्तै, वडाध्यक्षमा कांग्रेसका उम्मेदवार नवराज राईले ८५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार गोपाल आचार्यले ५२, नेकपा एकीकृत समाजवादीका उम्मेदवार किशोर आचार्यले २ र राप्रपाका उम्मेदवार चन्द्र बुढाथोकीले ४ मत पाएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology