• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने

फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने


समायोजन खबर
  • मंगलबार, बैशाख २७ २०७९

  • सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज। तस्विर,समायोजन खबर

    समायोजन खबर खोटाङ, खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ। आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु हुनेछ।

    सगरमाथा गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ।

    सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो। गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए।

    त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात सेवा सञ्चालन हुन्छ भने, बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।
    अब बेलिब्रिज जोडनु नपर्ने अनुमान
    दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले यतिबेला भने रफ्तार लिएपछि अब फेरी बेलिब्रिज जडान गर्नुनपर्ने अनुमान गरिएको छ।

    नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था छ। योजना प्रमुख ईन्जिनियर खकुरेलल भने, ‘पुलको काम धमाधम भईरहेको कारणले अबको पटक बेलिब्रिज राख्नु नपर्नेे देखिन्छ।’

    सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको छ। हालसम्म पुलको काममा ८५ प्रतिशत प्रगती भएको जेभीका सञ्चालक रामकुमार थापाले दाबि गरे।

    हप्ता दिनमा एप्रोच रोड तयार हुन्छ। असारको १५/१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने योजना छ। थापाले भने, ‘ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौ संम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology