समायोजन खबर खोटाङ, यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले धमाधम निर्वाचन सामग्री वितरण सुरु गरेको छ।
कार्यालयले हालसम्म जन्तेढुंगा, वराहपोखरी, खोटेहाङ, केपिलासगढी, ऐसेलुखर्क, रावाबेशी र दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई निर्वाचन सामग्री वितरण गरिसकेको छ।
आवश्यक मतदान सामग्रीहरु सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हस्तान्तरण गरिएको र गर्ने काम धमाधम भईरहेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतम जानकारी दिए।
गौतमका अनुसार साकेला गाउँपालिकाको २ मतदान केन्द्रको निर्वाचन सामग्री हस्तान्तरण वाँकी छ। सोमबार बेलुकासम्मका दिक्तेल बाहेक सबैलाई निर्वाचन जिम्मा दिने तयारी छ।
दिक्तेललाई भोली मंगलबार निर्वाचन सामग्री हस्तान्तरण गरिनेछ। दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा १३४ वटा मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएको छ। जिल्लाभर १ लाख ४३ हजार ७ सय जना मतदाता रहेका छन्।
जिल्लाभर अति संवेदनशीलमा ३५ वटा, संवेदनशीलमा ५८ वटा र सामान्यमा ४३ वटा मतदान केन्द्र रहेको छ । निर्वाचनका लागि ७ सय जनपथ प्रहरी, १०८७ जना म्यादी प्रहरी, २८२ जना सशस्त्र प्रहरी खटाईसकिएको छ।
नेपाली सेना पनि आवश्यकता अनुसार परिचालन भईसकेको प्रशासनले जनाएको छ। निर्वाचनको पहिलो घेरामा जनपथ प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी हुनेछ । आवश्यकता परेको खण्डमा नेपाली सेनाले सहयोग गर्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology