समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्थानीय तह निर्वाचनमा तीनजना उपमेयरका प्रत्यासी छन्। गठबन्धन, एमाले र राप्रपाबाट उपमेयरका प्रत्यासी छ। एमाले र राप्रपाले मात्रै महिलालाई उपमेयरमा उठाउँदा गठबन्धनले पुरुषलाई उपमेयरमा उम्मेदवार बनाएका छन्।
एमालेले विणादेवी राईलाई उपमेयरमा उठाउँदा राप्रपाले दिक्तेलको उपमेयरमा उम्मेदवार बनाएका महिला नेतृ हुन् चन्द्रकुमारी राई(तारा)। स्वर्गीय पर्शुराम राईका श्रीमती चन्द्रकुमारी राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्ष हुन्।
पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको एकतापछिको दोश्रो नगर अधिवेशनबाट नगर अध्यक्षमा निर्वाचित उनै तारालाई राप्रपाले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा दिक्तेलको उपमेयरमा उठाएको हो।
२०२५ असोज ३० गते खार्मी निभारेमा जन्मिएर २०४५ सालमा पर्शुराम राईसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि चन्द्रकुमारीले राप्रपाको सक्रिय राजनीति गरेकी हुन्। २०६१ असार २ गते स्वास्थ्यमा आएको समस्याका कारण पर्शुराम राई वित्नुभयो।
स्वर्गीय श्रीमानको निष्ठावान राजनीतिक बिरासतलाई जोगाउन छोराहरुको साथमा चन्द्रकुमारी लागि परिरहेका छन्। जनताहरुले उपमेयरमा निर्वाचित गराएमा जिल्लामा क्षेत्रिय अस्पताल बनाएर महंगो शुल्कमा हेलिकोप्टर चार्टड गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने, क्षेत्रिय कलेज स्थापना गरेर अन्य स्थानका विधार्थी यहाँ ल्याउने र यहाँका विधार्थीहरुलाई अन्य ठाउँ जानुनपर्ने वातावरण सिर्जना गर्ने उनको प्रतिबद्धता छ।
बेरोजागरी महिलाहरुलाई सीपमूलक तालिम दिएर उहाँहरुले उत्पादन गरेका वस्तुहरुको बजार व्यवस्थापन गरिदिने, किसानहरुलाई सिजनमा मल, वीउ पु¥याउने, ढाड सेकाउने करलाई ५० प्रतिशत करको न्युनिकरण गराउने, १५ वडामै हिउँद बर्खा एम्बुलेन्स चल्ने सडक बनाउने, एम्बुलेन्सको व्यवस्था गरिने, १२ कक्षासम्म निःशुल्क बनाउने, सुत्केरी महिलालाई मासिक ३ हजार भत्ता दिईने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याईने, सबै घरमा खानेपानीको व्यवस्थापन गरिने चन्द्रकुमारीको प्रतिबद्धता छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology