समायोजन खबर खोटाङ, खोटाङमा स्थानीय तह निर्वाचनको मुखमा पैसा, पाइप, त्रिपाल बाँड्ने काम तत्काल रोक्न गठबन्धन दलले गरेको छ।
केही राजनीतिक दलले निवार्चन आचारसंहिता विपरीत पैसा, पाइप, त्रिपाल बाँड्न खोजेको भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्ष भएको भन्दै तत्काल त्यस्तो गतिविधि रोक्न स्थानीय प्रशासन र आयोगलाई गठबन्धन दलले आग्रह गरेको हो।
कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको चार दलीय गठबन्धनले बुधबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गर्दै प्रशासन र आयोगले आचारसंहिता विपरीत गतिविधि गरेकामा तत्काल एक्सन लिएर काम नगरेमा गठबन्धन दल त्यसको प्रतिकारमा उत्रिने र सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने गठबन्धन घटक दलका नेता एवंम् नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राईले बताए।
प्रशासनले शान्ती सुरक्षा व्यवस्थापन कायम गर्न यथोचित ध्यान दियोस, गलत हर्कतका गतिविधिलाई समयमा नियन्त्रण गरोस। आचारसंहिता पालना गराउनमा लागि परोस। हामीलाई आचारसंहिता विपरीत पैसा बाँडेर चुनाव जित्नुपर्ने आवश्यकता छैन। राईले भने, ‘गठबन्धन दल निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध छौ।’
वडा सचिवले नै प्लाष्टिक टनेल, पाइपहरु अध्यक्ष ज्युको आदेश बमोजिम लगेको भन्दैछ रे अध्यक्ष त राजीनामा दिएर अर्को पार्टीको प्रत्यासी भइसक्यो। त्यति ख्याल गर्नुपर्छ नि वडा सचिवहरुले। राईले थपे, ‘निर्वाचनको बेलामा वडाध्यक्षको आदेश मान्नु हुदैन ऊ अध्यक्ष नै हैन एक प्रत्यासी हो।’
सरकारी तलब भत्ता खाएर एउटा पार्टीको पक्षमा यस्ता गलत काम गर्नु निन्दनीय मात्रै हैन, सजायको भागी हुने काम हो। त्यसकारण यस्तो काम नगर्न कर्मचारी मित्रहरुलाई अनुरोध गर्दछु। राईले भने, ‘एउटा पार्टीलाई सहयोग हुनेगरी कुनैखालको निर्णय, नराम्रो काम भएमा त्यस्ता काम गर्ने कर्मचारीहरुलाई छोड्नेवाला छैनौ। कडाभन्दा कडा कारवाही गरे अघि जान्छौ। कर्मचारीहरुलाई यहि चेतावानी दिन्छु।’
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोग अध्यक्ष राई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती वजिमय, महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, जसपाका केन्द्रीय सदस्य सुर्य राई, नेकपा एसका नेता राजन आचार्य लगायतको उपस्थिति थियो। गठबन्धनलाई जोगाएर अघि जान पनि गठबन्धन घटक दलका नेताहरुले आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology