समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा राजेन्द्र राईले वडाध्यक्षको उम्मेदवार दिएका छन्। लामो समय सामाजिक काम गर्दै आएका उनले नेकपा एकीकृत समाजवादी पार्टीबाट लफ्याङको वडाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
३० बैशाखमा हुने स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी दिएका राई नेकपा एसको जिल्ला कार्य समिति सदस्य हुन्।
२०३७ साल जेठ १४ गते साविकको लफ्याङमा जन्मिएका राईले बाँसवोटे मावि लफ्याङ र सरस्वती मावि दिक्तेलबाट औपचारिक शिक्षा सुरुवात गरेर बाँसवोटे माविबाट प्रवेशिका परीक्षा एसएलसी उतिर्ण गरेका हुन्। दिक्तेल बहुमुखी क्याम्पसबाट आईए सकेका हुन्।
जुन विद्यालयबाट एसएलसी गरेका राई त्यही विद्यालय श्रीमाबि मझुवा बाँसवोटेको तीन कार्यकाल विद्यालय व्यवस्थापन समिति अध्यक्ष र तीनै कार्यकाल सदस्य भए । सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको एक कार्यकाल सदस्य भईसकेका राई अहिले सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको जिल्ला अध्यक्ष हुन्।
बुद्धेश्वर कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष, किरात राई यायोक्खाको भूपू सदस्य, किरात राई चाम्लिङ खाम्बातिम खोटाङको भूपू सचिव, भूपू अनेरास्ववियु जिल्ला कार्य सदस्य, राष्ट्रिय जनसाँस्कृतिक मञ्च जिल्ला कार्य समिति भूपू सचिव, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको भूपू सदस्य राई वडा शिक्षा समिति लफ्याङका सदस्य हुन्।
रुपाकोट रेडियो सञ्चालक समिति सदस्य समेत भएका राई दिक्तेल बहुमुखी क्याम्पसको भूतपूर्व विधार्थी मञ्चको उपाध्यक्ष भए । उनले लफ्याङको बृत्ति विकासका लागि धेरै योगदान गर्दै आएका छन्।
लफ्याङमा राईसँगै नेपाली कांग्रेसबाट दिनेश घिमिरे, नेकपा एमालेबाट शान्तीराम कट्वाल, जनता समाजवादी पार्टीबाट भूपराज राई, राप्रपाबाट इन्द्र राई वडाध्यक्षका प्रत्यासी छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology