समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका उत्तम राईले स्थायी शिक्षकको जागिर छोडेर वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा उनले जनता समाजवादी पार्टीबाट दोर्पाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
२०१९ साल जेठ ९ गते दोर्पामा जन्मिएर २०३७ सालदेखि शिक्षकको अस्थायी नियुक्ति लिएर विद्धोदय आधारभूत विद्यालय छिताताल दोर्पामा शिक्षण गराउँदै २०३९ सालमा स्थायी नियुक्ति लिई सोही विद्यालयमा शिक्षण गराउँदै आएका राईले शिक्षकको जागिरबाट राजिनामा दिएर वडाध्यक्षमा उठेको बताए।
९ जेठमा आफूले शिक्षण पेशाबाट अवकास लिनुपर्ने भए पनि जनताको व्यग्र मागका कारण ६ बैशाखमा शिक्षकबाट राजिनामा दिदैं चुनावी माहोलमा होमिएको र अन्ततः वडाध्यक्षको उम्मेदवारी दिएको उनले बताए। श्रोत व्यक्ति समेत भईसकेका उनले सहज ढंगले जनताको काम गर्न सक्ने गरी रोडम्याप पनि बनाईसकेका छन्।
दोर्पामा जसपा तेश्रो पार्टी हो। तर, पनि जनताको एक खालको माग छ। सक्षम नेतृत्व आउनुपर्छ भन्ने छ। उनले भने, ‘जनताले मलाई उठ्नु भनेका थिए त्यही अनुसार मैले वडाध्यक्षमा उम्मेदवारी दिएको हो।’
आफू वडाध्यक्षमा जित हाँसिल गरे ५ वर्षमा नभएका कामहरु गर्छु। वितेको ५ वर्षमा वडामा खास विकास भएन। भनेजस्तो सक्षम नेतृत्व नहुंदा जनताले दुःख पाए। वडाध्यक्षका प्रत्यासी राईले भने, ‘अब हामी त्यस्तो दुःख जनतालाई दिदैनौ, जनताले पनि त्यस्तै मान्छेलाई निर्वाचित गराउन चाहेका छन्।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology