• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको चार पालिका प्रमुखमा महिला उम्मेदवार

खोटाङको चार पालिका प्रमुखमा महिला उम्मेदवार


समायोजन खबर
  • बिहिबार, बैशाख १५ २०७९

  • समायोजन खबर खोटाङ,आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा खोटाङको चार पालिका प्रमुखमा महिलाको उम्मेदवारी परेको छ। एक नगरपालिकामा मेयर र तीन गाउँपालिका अध्यक्षमा महिलाको उम्मेदवारी परेको हो।

    हलेसी तुवाचुङ नगरपालिकामा मेयरका लागि बिमला राईको उम्मेदवारी परेको छ। ४१ वर्षीय राईले नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी सोही नगरपालिकाको पूर्व उपमेयर हुन्।

    कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा प्रदेश सदस्य बिमलाले सीएमए सकेर ग्रामिण विकासमा मास्टर्स गरेकी छन्। एलएलबीको अन्तिम नतिजा पर्खिरहेका उनी राजनीतिक शास्त्रमा दोश्रो वर्षमा अध्ययरनत छिन्।

    खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राईले उम्मेदवारी दिएका छन्। उनले एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका हुन्। कविता सोही गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्। शिक्षण पेशा र गैर सरकारी संस्थामा काम गर्दै २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी कविता एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, अनेम संघको प्रदेश कमिटी सदस्य हुन्। ४५ वर्षीय कविताले समाजशास्त्रमा एमफिल गरेकी छन्। एलएलबी दोश्रो वर्षमा अध्ययनरत उनी राष्ट्रिय भलिबल खेलाडी पनि हुन्।

    यस्तै, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगरले उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट उम्मेदवारी दर्ता गराएका मगर सोही गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्। ३८ वर्षीय मगरले कक्षा ८ सम्मको अध्ययन गरेकी छन्। एमालेको सचिवालय सदस्य रहेका उनी बराहपोखरी गाउँपालिकामा एमालेको इन्चार्ज हुन्।

    यसैगरी, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा अरुणादेबी राईले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दर्ता गरेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि पालिका अध्यक्षमा उठेर पराजित भएका थिए। उनी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य हुन्।

    ५१ वर्षीय राईले तत्कालिन प्रवेशिका परीक्षा(एसएलसी) उर्तिर्ण गरेका छन्। बिमला उपमेयर, कविता र गोमा उपाध्यक्षबाट अपग्रेड हुंदै मेयर र अध्यक्षमा उठेका हुन्। अरुणाले दोश्रो पटक अध्यक्षमा दोहोराएका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology