समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसबाट बिमला राई र उपमेयरमा रमेश कुमार राउतले उम्मेदवारी दर्ता गरेका छन्।
मेयरमा उम्मेदवारी दर्ता गराएका राई सोही नगरपालिकाको निवर्तमान उपमेयर हुन्। जिल्लाकै प्रभावशाली महिला नेतृको रुपमा पहिचान बनाएका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश सदस्य हुन्।
राजनीतिमा आउनु अघि राई विभिन्न संघ, संस्थामा रहेर मिहीन रुपमा सामाजिक काम गर्दै आएका थिए। राजनीतिमा प्रवेश गरेपछि महिलाको मुद्दालाई पहिलो मुद्दा बनाएर अघि बढेका उनको त्यस नगरपालिकामा बेग्लै पहिचान छ।
सो नगरमा महिला मेयरको रुपमा चुनावी मैदानमा उत्रिएका राई सबैभन्दा पावरफुल नेतृ भएको श्रोत बताउँछ। यस्तै, उपमेयरमा उम्मेद्वारी दर्ता गराएका राउत सोही नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष हुन्।
हलेसी तुवाचुङ नगरपालिकाको कांग्रेस नगर सभापतिका प्रत्यासी राउतले २०६२/०६३ को जनआन्दोलनमा सहभागी भई पाटन संयुक्त क्याम्पसबाट औपचारिक रुपमा राजीनीतिक यात्रा सुरु गरेका हुन्।
नेविसंघ इकाई सदस्य, सह–सचिव र सचिवसम्मको पद सम्हालेका उनलाई शालिन, भद्र र बौद्धिक नेताको रुपमा विश्लेषण गरिने गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology