समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवार टुगो लगाएको छ।
हलेसीको मेयरमा छत्र पुरी र उपमेयरमा यविना राईलाई उम्मेदवार बनाउने जनाएको छ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडाध्यक्षमा चित्र बहादुर कार्की, बडहरेको वडाध्यक्षमा दीपक तामाङ, महादेवस्थानको वडाध्यक्षमा सरोज गिरी र अर्खौलेको वडाध्यक्षमा डम्बर बहादुर गिरीलाई उठाईने राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङले बताए।
जिल्लाभरका सबै उम्मेदवारहरुको मनोनयन दर्ता सोमबार (आज) गरिने राप्रपाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology