• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसबाट दिक्तेलको मेयरमा आकाङक्षी १६ जनाको नाम प्रदेशमा सिफारिस

कांग्रेसबाट दिक्तेलको मेयरमा आकाङक्षी १६ जनाको नाम प्रदेशमा सिफारिस


समायोजन खबर
  • शुक्रबार, बैशाख ९ २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट आकाङक्षी १६ जनाको नाम प्रदेश कार्य समितिमा सिफारिस गरिएको छ। कांग्रेस जिल्ला कार्य समितिले इमेलमार्फत बिहीबार प्रदेश कार्य समितिलाई मेयरका आकाङक्षीहरुको नाम सिफारिस गरेको हो।

    जिल्ला कार्य समितिले तीर्थराज भट्टराई, ज्ञानेन्द्र जोशी, धर्मराज पोखरेल, शरहमान राई, सुमनबाबु आचार्य, भिषण राई, रुद्र गिरी, ईन्द्र घिमिरे, रोजन राई, श्याम राई, राजनशेर राई, रामकुमारी राई, निसान राई, गोपाल सैंजु, कुमार पुरी र योगेन्द्र राईको नाम सिफारिस गरेको जनाएको छ।

    दिक्तेलको हकमा आकाङक्षीहरु सबैको नाम गएको र नगर कार्य समितिको बैठकमा तीर्थजीको बहुमतबाट राय प्राप्त भएको र त्यही कोड गरेर प्रदेशमा पठाईएको पार्टी सभापति विष्णुकुमार राईले बताए।

    शनिबार नगरपालिकाको मेयर, उपमेयरको उम्मेद्वार टुंगो लगाईने एकजना प्रदेश सदस्यले जानकारी दिए। गठबन्धनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख कांग्रेसलाई र उपप्रमुख माओवादी केन्द्रलाई भागबण्डा लगाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology