• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा कृषिगणना सुरु

खोटाङमा कृषिगणना सुरु


समायोजन खबर
  • बुधबार, बैशाख ७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङमा कृषिगणना सुरु भएको छ। घर परिवारले गरेको कृषिकार्य, संस्थागत कृषिकार्य र वडागत सामुदायिक कृषि सम्बन्धि कृयाकलापहरु समेट्नका लागि कृषिगणना सुरु भएको हो।

    जिल्ला कृषिगणना कार्यालयले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा यहाँका कार्यालय प्रमुख तथा पत्रकारहरुसँग जिल्ला स्तरीय कृषिगणना सचेतना गोष्ठी गर्दै ६२ गणक र १७ जना सुपरीवेक्षक कृषिगणनाका लागि ६ बैशाखबाट फिल्डमा खटेको जानकारी दिएको छ। उनीहरुले १९ जेठसम्म कृषिगणना गर्नेछ।

    ४५ दिनसम्म चल्ने कृषिगणनामा गणकहरुले कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरुको उत्पादन र सिंचाईको विवरण लिनेछ।

    कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्यांक संकलन तथा कृषि, वन, कृषि ऋण, बीमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतीको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुंच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयहरुमा तथ्यांक संकलन गरिने जिल्ला कृषिगणना अधिकृत जीतबहादुर कोइरालाले बताए।

    कृषिगणनाले कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङकन गर्न आवश्यक पर्ने तथ्यांकको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरुलाई सघाउ पु¥याउने, देशव्यापी रुपमा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरणहरु उपलब्ध गराउने, कृषिसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यहरुका सूचकहरुको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनेछ। कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तय गर्ने तथा समग्र कृषि तथ्यांकको स्तर बढाउनेछ।

    नेपालमा २०१८ सालदेखि कृषिगणना थालिएको हो। प्रत्येक १०/१० वर्षको अन्तरमा कृषिगणना सञ्चालन हुंदै आएको छ। २०७८ को कृषिगणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गर्नेछ। संघीय प्रणालीको यो पहिलो कृषिगणना हो। कृषिगणनालाई प्रभावकारी बनाउन सम्बन्धीत ठाउँमै पुगेर तथ्यांक लिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology