समायोजन खबर खोटाङ, जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन्। राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए।
संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन्। फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन्। जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेसन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए।
खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो। फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन्। जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो।
२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए। साभार : नेपालवाइड
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology