• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईई आउँदो शुक्रबारदेखि, खोटाङबाट ३,८०९ जना सहभागी

एसईई आउँदो शुक्रबारदेखि, खोटाङबाट ३,८०९ जना सहभागी


समायोजन खबर
  • आइतबार, बैशाख ४ २०७९

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ। आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ। यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ।

    परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ। ७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।

    नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो। सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

    यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।

    यस्तै, खोटाङबाट ३ हजार ८०९ जना विधार्थी एसईईमा सहभागी हुने भएका छन्। नियमिततर्फ ३ हजार ६ सय ९२ जना र ग्रेड वृद्धितर्फ ८२ जना विधार्थीले एसईई परीक्षा दिनेछन्। एसईई परीक्षाका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्र तोकिएको छ।
    यो पनि पढ्नुहोस,खोटाङबाट ३,८०९ जना विधार्थीले एसईई दिने, कुन परीक्षा केन्द्रमा कती विधार्थी ?

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology