समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ‘खोटाङ–काठमाडौं सम्पर्क समाज’ गठन गरिएको छ। शनिबार काठमाण्डौस्थित पार्टीको केन्द्रीय कार्यालय धुम्बारहीमा बाम्राङकी शोभा राईको अध्यक्षतामा २१ सदस्यीय सम्पर्क समाज गठन गरिएको हो।
सर्वसहमति ढंगबाट गठन गरिएको समाजको उपाध्यक्षमा अर्खौलेका कृष्ण बहादुर श्रेष्ठ, मात्तिमका नविन राई, सचिवमा बाक्सिलाका गुणराज निरौला, सह–सचिवमा नेर्पाका सोम पराजुली, कोषाध्यक्षमा दिक्तेलका सन्देश जोशी र सह–कोषाध्यक्षमा बाक्सिलाका टेक बहादुर क्षेत्री चयन भएका छन्।
समाजको सल्लाहकार समितिमा मान बहादुर थापा मगर, भानुभक्त ढकाल, सेवक थापा, भोलानाथ घिमिरे, प्रदीप राजभण्डारी, बुद्धिराज घिमिरे, भिम बहादुर पाण्डे र कमल बहादुर पण्डित रहेको राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङले जानकारी दिनुभयो।
राप्रपाका प्रवक्ता एवंम् सम्पर्क समाज समन्वय विभाग प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्यता र अभिभावक अमर केसीको अध्यक्षतामा समाजको गठन गरिएको हो।
यस्तै, नेकपा एमाले जिल्ला शिक्षा संगठनका सदस्य कृष्ण बहादुर श्रेष्ठ, एमाले वडा कमिटी सदस्य मनकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र ललितपुर १४ का पूर्व वडा कमाण्डर नवीन राई, हलेसीबाट डिबि राई लगायत दर्जनौ नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन्।
‘खोटाङ–काठमाडौं सम्पर्क समाज’ गठन गर्नुभन्दा अघि उनीहरु राप्रपा प्रवेश गरेका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology