• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा १० दिनमा ६ लाख ७२ हजार भेटी संकलन

हलेसीमा १० दिनमा ६ लाख ७२ हजार भेटी संकलन


समायोजन खबर
  • शनिबार, बैशाख ३ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको हलेसी महादेव मन्दिरमा १० दिनमा ६ लाख ७२ हजार बढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्राङगणमा रहेको दानपेटिका लगायत गरी ६ लाख ७२ हजार २३० रुपैयाँ भेटीघाटी संकलन भएको हो।

    २०७८ चैत्र १९ गतेदेखि २८ गतेसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। राईका अनुसार शिव पार्वती थानमा ४ लाख ६८ हजार २ सय, मन्दिर प्राङगणमा रहेको दानपेटिकामा ९३ हजार ९८० रुपैयाँ भेटीघाटी संकलन भएको छ।

    यस्तै, शिवरात्री र रामनवमीको चामल विक्रीबाट २५ हजार २ सय, ढ्याके सटहीबाट ३ हजार ९ सय र भारतीय रुपैयाँ ६ हजार, चाँदि ७.५ तोला, सुन ०.०६४ तोला श्रद्धालु भक्तजनले चढाएका छन्।

    विधुत, पानी, नौमती बाजा, रामनवमी मेलामा अस्थाई कर्मचारी तलब भत्ता, दुध, दहि, खाजा, भेटी गणना, अतिथि खाजा लगायत अन्य खर्च गरी १ लाख ३ हजार ५३७ रुपैयाँ खर्च भएको र बाँकी ५ लाख ६८ हजार ६९३ रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology