समायोजन खबर, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित हर्कपुर नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीको संख्या ३ पुगेको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियो ।
दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको घटनास्थलमै र प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा अन्य सात जना प्रहरी घाइते भएका छन् ।
उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए । प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका उनको भनाइ छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology