समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरिएको छ। किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुल लगायतका कृषि उपज लामो समय भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो।
संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो।
९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन्। चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिने नगरपालिकाले जनाएको छ।
चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पाँचकर्ण राई, नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेवी राई,बुईपाका वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिति रहेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology