समायोजन खबर खोटाङ, खोटाङ यातायात प्रालिले सडक रेखालु हर्कराज तामाङ(मटक)लाई सम्मान गरेको छ। मध्यपहाडी लोकमार्गको अर्खौले–दिक्तेलसम्मको रेखालु भई सडक मर्मत कार्य गर्दै आएका तामाङलाई शुक्रबार नगद सहित सम्मान गरेको हो।
प्रालिले रत्नपार्कमा एक कार्यक्रमको आयोजना गरी उनलाई नगद ३५ हजार ५५५ रुपैयाँसहित सम्मान–पत्र वितरण गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो। प्रालिका अध्यक्ष टेकेन्द्र राई, महासचिव रामकुमार हिङमाङ, कोषाध्यक्ष गोविन्द कट्वाल लगायत प्रालिमा आवद्ध भएका व्यक्तिहरुले तामाङलाई नगद र सम्मान–पत्र हस्तान्तरण तथा दोसल्ला ओढाउँदै सम्मान गरेका थिए।
पानी, झरी, दिनरात नभनी अहोरात्र खटी घर परिवार स्वयंम आफ्नो ज्यानको समेत प्रवाह नगरी हातमा कुटोकोदालो, गैतीबेल्चा, झम्पल लिएर पठ्युमा डोको र नाम्लोको सहायताले ढुंगा बोकी दिक्तेलदेखि हलेसीसम्म खाईनखाई सवारी साधनहरु नरोकियोस र यात्रुहरुले दुःख भोग्न नपरोस भनि पारीश्रमिक नपाए पनि विहानदेखि बेलुकीसम्मै सडकमा अहोरात्र खटी खोटाङे माटोमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रालिका महासचिव हिङमाङले बताए।
२०६४ पौष २० गते मनाङ एयरको हेलिकोप्टरबाट दुई वटा मिनिट्रक झुण्डाएर खोटाङमा ल्याएपछि जिल्लामा यातायात सुरु भएको इतिहास मानिन्छ । त्यसपछि जिल्लामा यातायातका साधन पर्याप्त मात्रामा भित्रिदै जाँदा सडककै अवस्थाका कारण दिक्तेलबाट छुटेका मालबहाक वा यात्रुबहाक सवारी साधन कहिले कारागार नजिक, कहिले हुर्लुङसम्म पुगेर बस्नुपर्ने वाध्यात्मक परिस्थिति थियो। त्यही बेलामा तामाङले कुटोकोदालो, गैतीबेल्चा, झम्पल लिएर पठ्युमा डोको र नाम्लोको सहायताले ढुंगा बोकी फसेका गाडीहरुलाई निकाल्नमा सहयोग गर्दथ्यो।
उनै तामाङले २०७१ सालमा तत्कालिन जिल्ला विकास समितिको कार्यालय अन्तरगत महुरे नुनथला दिक्तेल गाविस खण्डमा रेखालु भई नियमित सडक मर्मत गर्दै आएका थिए। तर, ४ वर्ष ७ महिनाको अनुमानित ५ लाख ७७ हजार ५ सय रुपैयाँ तलब नपाएको गुनासो गरेका छन्। काम गरेको तलब लिनका लागि तामाङ बेलाबेला प्रशासन धाईरहेका छन्। तर, हात लागेको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology