• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान

कांग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान


समायोजन खबर
  • सोमबार, चैत्र २१ २०७८

  • समायोजन खबर, नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन्। इटहरी निवासी प्रसाईले सोमबार (आज) बिहान एक कार्यक्रमका बीच इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे।

    काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले प्रेस युनियन नेपाली काँग्रेसको शुवेक्छुक संस्था भएकाले युनियनलाई आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्नका लागि आफ्ना स्वर्गीय आमा बुबाको स्मृतिमा जग्गा प्रदान गरेको बताए। उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए। आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिएका छन् त्यसका लागि आफूले थप सहयोग गर्ने पनि बताएका छन्।

    उनले नेपाली काँग्रेसलाई तीनै तहमा निर्वाचित गराएको खण्डमा विकास निर्माणका कामले तीव्रता पाउने पनि बताएका छन्। उनले भने, ‘ पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने क्षेत्र भएकाले यहाँका गतिविधि आम मानिसले थाहा पाउनुपर्ने गरी पत्रकारहरूले काम गरिरहेकाले खुसी पनि लागेको छ।’ प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए । उनले भनेका छन् , ‘नक्सा बनाउने काम भइरहेको छ, दुई वर्षभित्रमा भवन सक्ने गरी काम सुरु गर्छौँ।’

    सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटेल व्यवसायी सङ्घ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला ९शोभा० ले २१ हजार नगद, काँग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईँले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology