• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टी फुट्दा पनि एमाले जस्ताको त्यस्तै छ : ओली

पार्टी फुट्दा पनि एमाले जस्ताको त्यस्तै छ : ओली


समायोजन खबर
  • आइतबार, चैत्र २० २०७८

  • खोटाङमा कार्यकर्तालाई विदा माग्दै एमाले अध्यक्ष केपी शर्मा ओली।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्दा पनि एमाले जस्ताको त्यस्तै रहेको बताएका छन्। नेता कार्यकर्ताहरुले एमालेको झण्डा, सुर्य चिन्ह, देश बनाउने संकल्प नछोडी एकताका साथ अघि बढ्दा अहिले पनि एमाले पार्टी जस्ताको त्यस्तै रहेको बताए।

    नेकपा एमाले जिल्ला कार्य समिति खोटाङले शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले २०५४ सालमा र पछिल्लो पटक पार्टी फुट्दा पनि एमाले जस्ताको त्यस्तै रहेको जिकिर गरे। अब एमाले जस्ताको त्यस्तै मात्रै हैन, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने,‘पार्टीबाट केही मान्छेहरु अलमलिएर अन्त लागे पनि एमाले अझ सुदृढ भएर अगाडी बढेको छ। र, बढ्नेछ।’

    देशभरीबाट अरु पार्टीका नेता कार्यकर्ताहरु एमालेमा आईरहेको छ, हिजो विभिन्न भ्रममा परेर पार्टी परित्याग गरेकाहरु फेरी फर्केर एमालेमा आउँदै हुनुहुन्छ। उनले भने, ‘केही मानिसका नियत र भ्रमका कारण अन्त गएकालाई एमालेमा फर्कन, रातो झण्डा फहराउन र सुर्यलाई विजयी बनाउने महान पवित्र उद्देश्यमा लाग्न आग्रह गर्छु।’

    खोटाङ जिल्ला एमालेको किल्ला बन्नेमा विश्वस्त रहेको, जिल्लामा एमाले कमजोर पार्नका लागि नेताहरु बिग्रिए पनि सबै नेता कार्यकर्ताहरुले एमाले नछोडेको, एमालेको झण्डा, सुर्य चिन्ह नछोडेको तथा देश बनाउने संकप्ल नछोडे उनले बताए।

    सामाजिक सुरक्षा भत्ताको अवधारणा ल्याउने पार्टी र २०५१ सालबाट सय रुपैयाँबाट सुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार पु¥याउने पार्टी एमाले रहेको ओलीले बताए। एमाले दुखी जनता सम्झिने पार्टी भएको तथा एमालेले गरेको विकास देखेर जालझेल गरेर आफूलाई सरकारबाट हटाईएको पनि बताए।

    बृहत जनसभालाई सम्बोधन गर्नुभन्दा अघि हलेसी दर्शन तथा अवलोकन गरेका ओलीले हलेसीको विकासका लागि व्यक्तिगत दुई लाख आर्थिक सहयोग गर्ने बताएका छन्। पहिला हेलिकोप्टरबाट हलेसीको परिक्रमा गरे पनि अहिले भने श्रीमतीसँग धार्मिक तथा पर्यटकीयस्थल हलेसी दर्शन तथा अवलोकन गर्नकै लागि हलेसी आएको ओलीको भनाई थियो। हलेसीको विकासमा आफू गम्भीर भएको उनको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology