समायोजन खबर खोटाङ,हिमालयन आईटी ईन्स्टिच्युट खोटाङले एसईई उतिर्णपछि विधार्थीमा हुने विषय छनोटको दुविधालाई अन्त्य गराउनका लागि शैक्षिक परामर्श दिने तयारी गरेको छ। आगामी बैशाख ९ गतेको एसईई उतिर्णपछि विधार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विषय छनोटमा आउने दुविधा र भ्रमलाई चिर्न तथा सही निर्णय लिन सहयोग पु¥याउने लक्ष्यले निःशुल्क शैक्षिक परामर्श दिने तयारी गरेको हो।
वर्षदिन अघिबाट सूचना र प्रविधिको क्षेत्रमा काम गर्दै आएको ईन्स्टिच्युटले सोमबार होटल शुभदिनमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु, पत्रकार र राजनीतिक दललाई राखेर शैक्षिक परामर्श दिने तयारीका विषयमा अन्तक्रिया गरेको छ।
अन्तक्रियामा सहभागी कालिका मावि नेर्पा, बिद्धोदय मावि दोर्पा, श्री मावि बाँसबोटे, सितला मावि खाल्ले, पञ्च मावि दिक्तेल, दिक्तेल आवसीय बोर्डिङ स्कुल, सावित्रा मावि बाम्राङ, महुरेगढी बहु प्राविधिक शिक्षालय, शुभद्रा–मदन फाउण्डेसन, पत्रकार महासंघ र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले एसईई दिईसकेपछि विधार्थीहरुमा कुन विषय छनोट गर्ने भनेर कन्फ्युजन हुने गरेको बताएका छन्। त्यसका लागि एसईई दिने विधार्थीहरुलाई सही परामर्शको आवश्यक रहेको उनीहरुले बताएका छन्।
सरोकारवालाबाट प्राप्त सुझावलाई लिएर दुई नगरपालिका र आठ गाउँपालिकाका माध्यमिक विद्यालयहरुबाट एसईई दिन लागेका विधार्थीहरुलाई विषय छनोटमा थप मद्दतका लागि एक दिने शिविर राखेर निःशुल्क शैक्षिक परामर्श दिईने हिमालयन आईटी ईन्स्टिच्युटका व्यवस्थापक अजय बस्नेतले बताउनुभयो। एसईई दिएपछि कुन विषय पढ्ने, कुन फ्याकल्टी रोज्ने भन्ने आम विधार्थीहरुमा व्यापक दुविधा हुन्छ। उनीहरुलाई परिवारले पनि सही विषय छनोट गर्नमा सुझाव दिन सक्दैन। साथीहरुको लहडमा लागेर रुचि नभएको र नबुझेको विषय पढ्नुपर्ने बाध्यता छ। व्यवस्थापक बस्नेतले भन्नुभयो, ‘अब हामी विधार्थीहरुलाई आफ्नो योग्यता र रुचि अनुसारको विषय पढ्नलाई कस्तो विषय छनोट गर्नुपर्छ भनेर चैतसम्म रचनात्मक ढंकबाट शैक्षिक परामर्श दिन्छौ।’
एसईईपछि कस्तो विषय छनोट गरेर अध्ययन गर्नुपर्छ भन्ने शैक्षिक परामर्श कार्यक्रमबाट जिल्लाभरीका तीन हजार विधार्थी लाभान्वित हुनेछन्। ५० वटा शैक्षिक संस्थाहरु समाबेश हुनेछ। शैक्षिक परामर्शले उच्च शिक्षा अध्ययनका विषयमा आवश्यक जानकारी र विषय छनोटमा सहि निर्णय लिन सहयोग पुग्ने लक्ष्य राखिएको बस्नेतले बताउनुभयो। शिक्षा क्षेत्रलाई थप सुधार नगरे भविष्यमा धेरै समस्या आउने बस्नेतको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology