• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव


समायोजन खबर
  • आइतबार, फाल्गुन २२ २०७८

  • समायोजन खबर,प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ। आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्रि राजेन्द्र कुमार राईलाई सुझावपत्र बुझाएको हो।

    ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, विभिन्न भुगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महशुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महशुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ।’

    नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्बोच्च शिखर सगरमाथा यहि प्रदेशमा पर्ने भएकाले यो भन्दा उत्तम बिकल्प कुनै पनि नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको छ। यहि नामले यस प्रदेशका सम्पुर्ण जनताहरूलाई आत्मगौरवका साथ भावनात्मक एकताको सुत्रमा बाध्ँने परिषद्को विश्वास छ।

    प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, प्रदेश सचिव विवस कटुवाल, केन्द्रीय सदस्य जीवन निरौला, प्रदेश प्रदेश संगठन सचिव बिष्णु प्रसाद पंगेनी लगायतको उपस्थितिमा सुझावपत्र हस्तान्तरण गरिएको छ। परिषद्ले प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियोे। सोही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको प्रदेश सचिव कटवालले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology