• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : पाउनै पर्ने लाभग्राहीले नै पाएन जस्तापाता, पहुंचवालाको हालीमुहाली

खोटाङ : पाउनै पर्ने लाभग्राहीले नै पाएन जस्तापाता, पहुंचवालाको हालीमुहाली


समायोजन खबर
  • शुक्रबार, फाल्गुन २० २०७८

  • पाथेका अत्तेलुङका ७५ वर्षीय ज्येष्ठ नागरिक जय बहादुर गिरीको फुसको छानो भएको घर ।

    समायोजन खबर खोटाङ, खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनोटमा मनपरी भएको पाईएको छ। फुसको वा कच्ची छानालाई हटाएर जस्तापाताको छाना लगाउन सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रममा मनपरी भएको पाईएको हो।

    २०७७ मंसिर ९ गते सुरक्षित नागरिक आवास कार्यक्रम संयोजक विशाल भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग वसोवास गरेको र प्राकृतिक विपत्तीमा परेका घरमूलीलाई जस्तापाता वितरणमा प्राथमिकता दिने निर्णय गरेको थियो। तर, उहाँहरुले नै जस्तापाता पाउनुभएको छैन। बिडम्बना हुनेखानेलाई जस्तापाता पारिएको छ। पहुंचवालाको हाली मुहाली देखिएको छ।
    दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१० पाथेकामा वास्तविक लाभग्राहीले जस्तापाता नै पाउन नसकेको गुनासो छ। कतिपयलाई जस्तापाता पाउने भनेर आश्वसन देखाएपछि फुसको छानो हटाएर जस्तापता लगाउन तयारी गरेको तर जस्तापाता नपाएको बताएका छन्। पाथेकामै हुनेखाने र बोल्न सक्नेले मात्रै जस्तापाता पाएको गुनासो छ। यहाँसम्म कि फुसको छानोमूनि बसेका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गले नै जस्तापाता पाएका छैनन्, लाभग्राहीमा नाम परेन। ताकि बैठकले उनीहरुलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको थियो।

    सुरक्षित नागरिक आवासको लाभग्राहीमा समेटिन आफूले वडा कार्यालय र नगरपालिकामा निवेदन दिंदा समेत लाभग्राहीको सूचिमा नपरेको पाथेकाका राम बहादुर बिश्वकर्माले बताउनुभयो। छिमेकीको जग्गामा छाप्रो बनाएर बसिरहेका विश्वकर्माले नगरपालिकामा निवेदन पेश गर्दा पनि लाभग्राही सूचिमा नपरेको सुनाउनुभयो। पछाडी पेश गर्नेले टिन पाए, व्यापारीहरुले टिन पाए, उहाँहरुको चाँहि केन्द्रबाट आएको रे, आफ्नो चाँहि नाम नै छैन।
    जस्तापाता पाइने आशामा सोही ठाउँका अमर बहादुर बिश्वकर्माले छानो हटाएर टिन लगाउन काठ ठोक्नुभयो। तर, उहाँले टिन पाउनु भएन। वडामा भन्दा पनि मान्छे हेरेर व्यवहार गरेको उहाँको भनाई छ। टिन नपाएपछि काठ जोगाउन विश्वकर्माले त्रिपालले छोप्नुभएको छ। जोर लठ्ठीको सहायातामा मात्रै हिड्नुहुने पाथेका अत्तेलुङका ७५ वर्षीय ज्येष्ठ नागरिक जय बहादुर गिरी पनि लाभग्राहीमा पर्नुभएन। ७४ वर्षीया श्रीमती र एक नातिनीका साथमा खर र त्रिपालले छाएको घरमा बस्दै आउनुभएका उहाँले सचिवलाई लाभग्राही सूचिमा पारिदिन भन्नुभएको थियो।
    पाथेका अत्तेलुङकै लिलामाया गिरीले लाभग्राही सूचिका लागि निबेदन दिनुभएको थियो। तर, उहाँ पनि पर्नुभएन। जस्तापाताको आशामा बसेका लिलामायाको घर पानी पर्दा चुहिन थालेको छ। साविक वडा अनुसार प्रति वडाबाट चार जनाका दरले ३६ जना लाभग्राहीको नाम छनोट गरेर पठाएकामा नगरपालिकाले १८ जनालाई मात्रै लाभग्राही सूचिमा पारेको पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताउनुभयो। छनोट गरिएकामध्येमा पनि अति अशक्क्त र विपन्नहरुको नाम हटाईएकाले उहाँहरुले गुनासो गर्नुभएको वडाध्यक्ष राईले सुनाउनुभयो।
    पाथेकामा हुंदै नभएका खैबहादुर राई, अन्यत्र बसाईसराई गईसकेका तुलसी गिरी, निरकुमार राई तथा खार्मीमा हुंदै नभएका ललित बहादुर श्रेष्ठको नाम लाभग्राहीको सूचिमा छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडा कार्यालयले ३० जना लाभग्राहीको नाम सिफारिस गर्दा ८ जनाको नामावली परिमार्जन भएको भन्दै आवाज उठेको थियो।

    यी त प्रतिनिधिमूलक मात्रै हुन्। सुरक्षित नागरिक आवास कार्यक्रममा जिल्लाभरी नै मनपरी भएको गुनासो आएको छ। राजनीतिक आस्था, निकट्ता, आफन्त र पुहंचका आधारमा लाभग्राही छनोट हुंदा सुरक्षित नागरिक आवास कार्यक्रमको अनुदान पाउनै पर्ने लाभग्राहीहरु बञ्चित बनेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology