• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा लगातार तेश्रो वर्ष पनि सुन्तला उत्पादनमा गिरावट

खोटाङमा लगातार तेश्रो वर्ष पनि सुन्तला उत्पादनमा गिरावट


समायोजन खबर
  • बिहिबार, फाल्गुन १९ २०७८

  • याम्खामा एकापटि सुक्दै र अर्कोपटि फल्दै गरेको सुन्तला। तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,खोटाङमा लगातार तेश्रो वर्षमा पनि सुन्तला उत्पादनमा गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा उत्पादन क्षेत्र बढाईए पनि सुन्तला उत्पादनमा गिरावट नै आएको हो।

    आर्थिक वर्ष २०७८/०७९ मा ८१० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ७४० हेक्टरमा सुन्तला खेती गरिदा ३ हजार ३३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

    सुन्तला खेतीका लागि क्षेत्रफल बढाईए पनि औष किरा, खाद्य तत्वको कमी र सिट्रस ग्रिनिङका कारण सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

    यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ७४० हेक्टरमा सुन्तला खेती गरिदा ६ हजार ५८६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाको याम्खा, चिसापानी, कुभिण्डे, टेम्मा लगायतका स्थानमा व्यवसायीक रुपमा सुन्तला खेती गरिदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology