• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रुखबाट लडेपछि उपचार नपाउँदा छ वर्षदेखि ओछ्यान परे मिलन

रुखबाट लडेपछि उपचार नपाउँदा छ वर्षदेखि ओछ्यान परे मिलन


समायोजन खबर
  • मंगलबार, फाल्गुन १७ २०७८

  • ६ वर्षदेखि ओछ्यान परेका मिलन गिरी। तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, मन्द उज्यालो आउने आँखीझ्यालसँगै टाँसिएको पूरानो खाटमा ६ वर्षदेखि एकैनासले सुतिरहेका छन् मिलन गिरी। सामान्यतयः मानिस जसरी उनी कोल्टे परेर सुत्न सक्दैनन्, ६ वर्षदेखि एकनासले उतानो परेर मात्रै सुतिरहेका छन् मिलन। सुत्दा सुत्दा उनको शरीर नै कालो भईसकेको छ। दिउँसो पनि बत्ती हुंदा मात्रै उज्यालो हुने कोठामा सुतिरहेका उनलाई बत्ती नहुंदा कुन दिन, कुन रात पत्तै हुन्न । मात्रै अध्याँरो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका डाँडागाउँका जीत बहादुर गिरीको माइली श्रीमतीतर्फका १ छोरी र १ छोरामध्येका मिलन २०७२ सालदेखि यसरी नै सुतिरहेका छन्। उनले बाहिरी संसार नदेखेको ६ वर्ष बित्यो। उतानो परेर मात्रै सुतीरहेका उनलाई सहयोगीले नै दिशापिसाब गराउनुपर्छ। तयारी खानेकुरा भने सुकेर हड्डीमात्रै भएको देब्रे हातले दुःखले खान्छन्। टाउँकोमा हेर्दा स्वस्थ्य व्यक्तिजस्तै देखिन उनको देब्रे हात बाहेक अन्य शरीर सुकेर हाड मात्रै बाँकी छ। जो कोहीले उनको शरीर नियाल्न सक्दैनन्। तर्सन्छन्।६ वर्षदेखि ओछ्यान परेका दाईको स्याहारसुसार गर्दै बहिनी मञ्जिता गिरी।

    घर पाथेका डाँडागाउँ भए पनि सानैबाट मावली घर ऐसेलुर्खक राई गाउँमा बसेर शिशु मावि महेश्वरीमा कक्षा २ मा अध्ययन गर्दैगर्दा २०६२/०६३ सालतिर घाँस झार्ने क्रममा दुधिलोको रुखबाट लडेका थिए मिलन। रुखबाट लडेर बझारिएका मिलनको गाउँघरमै झारफुक, गरियो, धामीझाँक्री लगाईयो। अस्पताल लानुको सट्टा झारफुकले ठिक हुन्छ भन्दै मिलनलाई मावलामै २/३ वर्ष राखियो। लडेर सक्त घाइते भएका मिलन त्यो बेला दुःखले हिडदथ्यो।

    लडेर ओछ्यान परेका मिलनलाई २०६५ सालपछि ऐसेलुखर्कबाट मान्छेमार्फत बोकेर पाथेका घरमा ल्याईयो । घरमा ल्याईएपछि मिलन घस्रेर मात्रै हिडडुल गर्दथ्यो, शौचालय जानेआउने घस्रेर नै गर्दथ्यो। यति हुंदा पनि उनको बुवाले उपचारमा लैजाने कुनै छाँटकाँट देखाएनन्, छिमेकीहरुको कुरा खाएनन्, धामीझाँक्रीकै भर गरे। अन्ततः मिलन सदाका लागि ओछ्यान प¥र्यो। दिशापिसाव गराउने, सफा गर्ने काम बहिनीले गर्नुपर्ने अवस्था आयो। २०७२ पछि ओछ्यान परेका २४ वर्षीय मिलनलाई दिशापिसाव गराउने, सफा गर्ने काम बहिनी १६ वर्षीया मञ्जिता गिरीले गरिरहेका छन्।उज्यालो पारेर मिलनको बारेमा जानकारी गराउँदै छिमेकी इन्द्र बहादुर गिरी।

    मिलन र मञ्जिताको आमा नरमाया गिरीको पनि शरीर नचल्ने रोगका कारण २०६५ सालमा निधन भईसकेको छ। उनीहरुको बुवा गाउँघरमै मिस्त्री काम गर्छन्। ६ वर्षअघिबाट उतानो मात्रै सुतेर ओछ्यान परेका मिलनको स्याहारसुसारमै बहिनी मञ्जिताको समय बित्ने गरेको छ। सुतिरहेका मिलनको टाउको मात्रै देखिन्छ। देब्रे हात अलिअलि चल्छ, दाहिने हात सुकेर चल्दैन, दुबै खुट्टा तन्किदैन, खुम्चिदैन। शरीर सबै सुकेको छ। टाउँको मात्रै देखाएर सम्पूर्ण शरीर शिरकले ढाकेर सुतिरहेका हुन्छन् मिलन।

    दाईको स्याहार गर्दा कक्षा ९ मा अध्ययनरत बहिनी मञ्जिताको पढाइमा प्रत्यक्ष असर पुगेको छ। पढ्न पनि भनेजस्तो समय मिल्दैन, दाईको पिसाब संकलन गर्दागर्दा भरिएको प्लाष्टिकको बोतल उठाउँदै मञ्जिताले भनिन्, ‘१० कक्षासम्म त जसोतसो पढ्दै दाईको स्याहारसुसार गर्छु। त्यसपछि उच्च शिक्षाका लागि गाउँमा विद्यालय छैन। पढ्नु जानु कि दाईकै स्याहार गरेर बस्नु दोधारमा छु।’

    मिलन ६ वर्षदेखि ओछ्यान परेपछि बल्लतल्ल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईलाई सुतिरहेकै ठाउँमा ल्याएर दुई वर्षअघिबाट ‘क’ वर्गको अपांगता परिचयपत्र बनाएर राज्यको सुविधा लिन सफल भएको मिलनका छिमेकी इन्द्र बहादुर गिरीले बताए।

    लाउलाउँ खाउखाउँ भन्ने उमेरमा ६ वर्षदेखि बाहिरी संसार नियाल्न नपाएका मिलन जो कोही पुगेर उनीसँग कुरा गर्दा बरर..आँसु झार्छन्। बिडम्बना आफ्नै आँसु पुछ्न सक्दैनन्।गलाभरी आँसु बगीरहेका हुन्छन्। शरीर नचले पनि उनको आँखा नियाल्दा उनी अरु मानिस जस्तै बाहिरी संसारमा रमाउन चाहान्छन्। तर, बिडम्बना मिलन अब लरतरको उपचारले बाहिरी संसार नियाल्न सक्दैनन्। उनी अध्याँरो कोठामा राखिएको खाटमा मात्रै सिमित भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology